इन्टर मियामी मेरो अन्तिम क्लब : मेसी

काठमाडौं। अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेसीले अमेरिकी सकर लिग टोली इन्टर मियामी नै आफ्नो अन्तिम क्लब हुने बताएका छन्।
अन्तर्राष्ट्रिय खेल जीवनबट सन्यास लिएर अर्जेन्टिनाको क्लबमा आबद्ध हुने कुनै योजना नभएकाले इन्टर मियामी नै आफ्नो अन्तिम क्लब हुने उनले बताएका हुन्।
मेसीले आफ्नो पहिलो क्लब नेवेलको ओल्ड बोइजबाट खेल्दै आफ्नो क्यारियरको अन्त्य गर्ने आश गरिएको थियो। ‘आजसम्म मलाई लाग्छ, इन्टर मियामी मेरो अन्तिम क्लब हुनेछ,’ अर्जेन्टिनाका कप्तानले इएसपीएनसँग भने।
मेसी अमेरिकामा आफ्नो राष्ट्रिय टोलीसँग कोपा अमेरिकाको तयारी गरिरहेका छन्। अर्जेन्टिना यस प्रतियोगिताको अघिल्लो संस्करणको विजेता हो।
मेसीकै नेतृत्वमा अर्जेन्टिनाले सन् २०२२ मा कतारमा विश्वकप जितेको थियो। बार्सिलोनाका पूर्वस्टार मेसीको इन्टर मियामीसँग सम्झौता सन् २०२५ अन्त्यसम्म रहनेछ। यद्यपि, उनले क्याटलान क्लब छाडेर अमेरिका आउनु कठिन निर्णय रहेको बताए।
‘युरोपबाट यहाँ आउनु निकै कठिन निर्णय थियो। एक विश्व च्याम्पियन बन्न धेरै मद्दत गर्यो र चीजहरू फरक तरिकाले हेर्ने मौका पनि मिल्यो। तर, म त्यसबारे सोच्दिनँ। म खेलको मजा लिने कोसिस गर्छु,’ उनले भने।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)