नेपाल र जापान एकै समूहमा
बिहिबार, ३१ जेठ २०८१खेलपाटी संवाददाता

फाइल तस्बिर
काठमाडौं। नेपाल एएफसी यु-१७ एसियन कप २०२५ छनोटमा साविक विजेता जापान रहेको समूहमा परेको छ।
एसियाली फुटबल महासंघ (एएफसी)ले बिहीबार सार्वजनिक गरेको ड्रअनुसार नेपाल समूह एफमा परेको हो। यो समूहमा नेपाल र जापानसँगै कतार र मंगोलिया रहेको छ। यस समूहका खेल कतारले आयोजना गर्ने एएफसीले जनाएको छ।
यस समूहका खेलहरू आगामी अक्टोबरदेखि सुरु हुनेछ।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)