रदरफोर्डको अर्धशतक, न्युजिल्यान्डलाई १५० रनको लक्ष्य
बिहिबार, ३१ जेठ २०८१खेलपाटी संवाददाता

काठमाडौं। शार्फेन रदरफोर्डको अर्धशतकसँगै वेस्ट इन्डिजले आइसिसी ट्वान्टी-२० विश्वकपमा न्युजिल्यान्डलाई १५० रनको लक्ष्य दिएको छ।
ब्रायन लारा स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १४९ रन बनाएको हो।
वेस्ट इन्डिजका रदरफोर्डले अविजित रहँदै सर्वाधिक ६८ रन बनाए। ३९ बल खेलेका उनले दुई चौका र ६ छक्का प्रहार गरे। निकोलस पूरन १७, अकिल हुसेन १५, आन्द्रे रसेल १४ र रोमारियो शेफर्ड १३ रनमा आउट भए।
न्युजिल्यान्डका ट्रेन्ट बोल्टले सर्वाधिक तीन विकेट लिए। टिम साउथी र लकी फर्ग्युसनले समान दुई विकेट लिए। जिमी निशम र माइकल सेन्टरनरको नाममा एक/एक विकेट लिए।









