साफ यु-२० च्याम्पियनसिप : उद्घाटन खेलमा नेपाल र श्रीलंका भिड्ने
बुधबार, ३० जेठ २०८१खेलपाटी संवाददाता

काठमाडौं। आयोजक नेपालले साफ यु-२० च्याम्पियनसिपको उद्घाटन खेलमा श्रीलंकासँग खेल्ने भएको छ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले बुधबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने पक्का भएको हो। नेपाल र श्रीलंकाको खेल १६ अगस्टमा हुनेछ।
नेपाल समूह ए मा रहेको छ। यो समूहमा नेपाल र श्रीलंकासँगै बंगलादेश र पाकिस्तान रहेका छन्।







-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)