बागमतीले जित्यो सी डिभिजन लिग
बुधबार, ३० जेठ २०८१खेलपाटी संवाददाता

काठमाडौं। बागमती युवा क्लबले सहिद स्मारक सी डिभिजन लिगको उपाधि जितेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पुल्चोक स्पोर्ट्स क्लबलाई गोलरहित बराबरी खेल्दै उपाधि जितेको हो। सर्लाहीको बागमतीले नौ जित, तीन बराबरी र एक हारसहित ३० अंक जोड्यो।
समान खेल खेलेको सुर्खेतको आरसी ३२ आठ जित, दुई बराबरी र तीन हारसहित २६ अंक जोडेर दोस्रो स्थानमा रह्यो।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)