जोन्सनको अर्धशतकमा पाकिस्तानलाई १०७ लक्ष्य
मंगलबार, २९ जेठ २०८१खेलपाटी संवाददाता

काठमाडौं। आरोन जोन्सनको अर्धशतकसँगै क्यानडाले आइसिसी ट्वान्टी-२० विश्वकपमा पाकिस्तानलाई १०७ लक्ष्य दिएको छ।
नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम, न्युयोर्कमा टस हारेर पहिला ब्याटिङ थालेको क्यानडाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १०६ रन बनाएको हो।
क्यानडाका जोन्सनले सर्वाधिक ५२ रन बनाए। ४४ बल खेलेका उनले चार चौका र चार छक्का प्रहार गरे। कप्तान साद बिन जफर १० रनमा आउट हुँदा कलिम सना १३ र डिलन हेलिगर नौ रनमा अविजित रहे।
पाकिस्तानका मोहम्मद आमिर र हारिस रउफले समान दुई विकेट लिए। शाहीन शाह अफ्रिदी र नसीम शाहको नाममा एक/एक विकेट रह्यो।









