दक्षिण अफ्रिका सुपर–८ नजिक
मंगलबार, २९ जेठ २०८१खेलपाटी संवाददाता

काठमाडौं। दक्षिण अफ्रिका आइसिसी टी–२० विश्वकपको सुपर–८ मा नजिक पुगेको छ । सोमबार राति बंगलादेशलाई ४ रनले पराजित गर्दै दक्षिण अफ्रिका सुपर–८ नजिक पुगेको हो ।
दक्षिण अफ्रिकाको यो लगातार तेस्रो जित हो। ६ अंक जोडेको दक्षिण अफ्रिका तालिकाको शीर्ष स्थानमा छ।
न्युयोर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय रङ्गशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११३ रन बनाएको थियो।
यो टी–२० विश्वकपको इतिहासमा दक्षिण अफ्रिकाको सबैभन्दा कम स्कोर हो।
यसअघि सन् २००७ मा भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११६ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०९ रन बनायो।









