चार स्कुलको विजयी सुरुआत
1718036045.jpg&w=3840&q=75)
विराटनगर। प्याब्सन विराट कप फुटबल प्रतियोगिताको तेस्रो संस्करणमा सोमबार ग्यालेक्सी, मदरल्यान्ड एकाडेमी, दर्पन र मोर्डन एरा स्कुलले विजय सुरुआत गरेका छन् ।
विराटनगरको सहिद मैदानमा भएको पहिलो खेलमा ग्यालेक्सी स्कुलले अर्पन स्कुललाई १-० ले पराजित गर्यो। एमडी मासुमले गरेको एक मात्र गोल ग्यालेक्सीलाई जित दिलाउन पर्याप्त बन्यो।
त्यसैगरी दोस्रो खेलमा मदरल्यान्ड एकाडेमीले २-१ ले हरायो। मदरल्यान्डको जितमा दुवै गोल खेमराज हमालले गोल गरे।
तेस्रो खेलमा दर्पनले विराट शिक्षा स्कुललाई २-१ ले पराजित गर्यो। दर्पनलाइृ जित दिलाउन सुवास राजवंशी र आशन थापा मगरले गोल गरे। विराट शिक्षाका लागि रन्जित दनवारले गोल फर्काए।
चौथो खेलमा मोर्डन एरा स्कुलले बिकेभिएम स्कुललाई पेनाल्टी सुटआउटमा २-१ ले निरास बनायो। पेनाल्टी सुटआउठमा मोर्डन एराका अमन माझी र सुशान्त रोइलाले गोल गरे। बिकेभिएमका लागि डेनिस लामिछानेले मात्र गोल गर्न सके।
निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो।प्याब्सन विराटनगरको आयोजनामा जारी प्रतियोगितामा मंगलबार गौतम बुद्ध मेमोरियल स्कुल र सप्तकोशी स्कुल, विनायक बोर्डिङ स्कुल र गोदावरी स्कुल तथा सेन्ट जोसेफ र देवकोटा स्कुल प्रतिस्पर्धा गर्नेछन्।
असार ५ गतेसम्म हुने प्रतियोगितामा विराटनगरका २२ विद्यालयले सहभागिता जनाएका छन्।
प्रतियोगिताको विजेताले २५ हजार र उपविजेताले ११ हजार रुपैयाँ पाउने छन्। प्रतियोगिताको विभिन्न ८ वटा विधामा पुरस्कार वितरण गरिनेछ।
प्रतियोगिताको उद्घाटन विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले गरे।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)