अन्तिम खेलमा साँगा र स्वयम्भूको बराबरी
सोमबार, २८ जेठ २०८१खेलपाटी संवाददाता

काठमाडौं। सहिद स्मारक सी डिभिजन लिगअन्तर्गत अन्तिम चरणको खेलमा स्पोर्ट्स एकेडेमी साँगा र स्वयम्भू क्लबले बराबरी खेलेका छन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेलमा गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोलका लागि प्रयास गरेता पनि सफलता भने हात पार्न सकेनन्।
बराबरीसँगै १३ खेलबाट १४ अंकसहित स्वयम्भूले ११औँ स्थानमा रहँदै यस सिजन अन्त्य गरेको छ। समान खेलबाट १६ अंकसहित साँगा आठौँ स्थानमा रह्यो।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)