अन्तिम खेलमा सामाजिक विजयी

काठमाडौँ । सामाजिक युवा क्लबले सहिद स्मारक सी डिभिजन लिगअन्तर्गत अन्तिम चरणको खेलमा विजयी हासिल गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न पहिलो खेलमा सामाजिकले रेलिगेसन भइसकेको गोलबजार स्पोर्ट्स क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो।
सामाजिकको जितमा बसन्तबहादुर राना र विजय दोङ्गले गोल गरे। यता, गोलबजारका रेवाज बस्नेतको गोल सान्त्वना बन्यो।
खेलको ३१औँ मिनेटमा बसन्तले गोल गर्दै सामाजिकलाई सुरुआती अग्रता दिलाए। ४३औँ मिनेटमा विजयले गोल गर्दै पहिलो हाफमै २–० को अग्रता दिलाए।
पहिलो हाफमै २–१ ले पछि परेको गोलबजारको लागि ६२औँ मिनेटमा रेवाजले गोल गरेपछि खेल २–१ को अवस्थामा आयो। त्यसपछि बाँकी समय थप गोल नहुँदा समाजिक विजयी भयो।
जितसँगै समाजिकले यस सिजनको लिगमा तेस्रो स्थानमा रहँदै सुखद् अन्त्य गर्यो। समाजिकले १३ खेलबाट २२ अंक जोड्यो। पराजित गोलबजार भने सात अंकसहित पुछारमा रह्यो।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)