क्यानडासँग बराबरीमा रोकियो फ्रान्स
सोमबार, २८ जेठ २०८१खेलपाटी संवाददाता
1717980475.jpg&w=3840&q=75)
काठमाडौं। युरोकपको अन्तिम अभ्यास खेलमा फ्रान्सले क्यानडासँग गोलरहित बराबरी खेलेको छ।
फ्रान्सको घरेलु मैदान एट्लान्टिकमा भएको खेलमा फरवार्ड केलियन एमबाप्पेले करिब २० मिनेट मात्र खेलेका थिए।
लक्जेम्बर्गविरुद्ध बुधबार भएको मैत्रीपूर्ण खेलमा फ्रान्स ३–० हुँदा उनले एक गोल गरेका थिए। उनी पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट रियल मड्रिडमा बसाइँ सरेका छन्।
फ्रान्सका लागि ओलिभर जिरुडको अन्तिम घरेलु खेल थियो। मेजर लिग सकरमा लस एन्जलस एफसीमा आबद्ध ३७ वर्षीय स्ट्राइकरले जर्मनीमा शुक्रबारदेखि सुरु हुने युरोकपपछि फ्रान्सेली राष्ट्रिय टोलीबाट सन्न्यास लिनेछन्।
युरो २०२४ मा फ्रान्सले पहिलो खेल जुन १७ मा अस्ट्रियासँग खेल्नेछ।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)