रउफ र नसिमको घातक बलिङ, भारत ११९ रनमै समेटियो
आइतबार, २७ जेठ २०८१खेलपाटी संवाददाता

काठमाडौं। हारिस रउफ र नसिम शाहले घातक बलिङ गरेसँगै भारतले पाकिस्तानलाई १२० रनको लक्ष्य दिएको छ।
नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको भारतले १९ ओभरमा सबै विकेट गुमाउँदै ११९ रन बनाएको हो।
भारतका ऋषभ पन्तले सर्वाधिक ४२ रन बनाए। अक्षर पटेल २० र कप्तान रोहित शर्मा १३ रनमा आउट हुँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
हारिस र नसिमले समान तीन विकेट लिए। मोहम्मद आमिरले दुई र शाहिन शाह अफ्रिदीको नाममा एक विकेट रह्यो।









