एभरेस्टलाई पराजित गर्दै पुलिसले जित्यो उपाधि
शनिबार, २६ जेठ २०८१खेलपाटी संवाददाता

काठमाडौं। विभागीय टोली नेपाल पुलिस क्लबले आठौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिग जितेको छ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा शनिबार सम्पन्न फाइनलमा एभरेस्ट भलिबल क्लबलाई ३-२ को सेटमा पाखा लगाउँदै पुलिसले उपाधि हात पारेको हो।
पहिलो र दोस्रो सेट पुलिसले २१-२५ र २३-२५ ले जितेको थियो। तर, त्यसपछिका दुई सेटमा पुनरागमन गर्दै एभरेस्टले २५-२० र २५-२० ले खेल आफ्नो पक्षमा पार्यो।
पाँचौं तथा निर्णायक सेट भने एभरेस्टले १२-१५ ले गुमाएसँगै पुलिस च्याम्पियन बन्यो।









