प्रिमियर लिगमा अर्को वर्ष पनि भिएआर प्रयोग गरिने
शुक्रबार, २५ जेठ २०८१खेलपाटी संवाददाता
1717744326.jpg&w=3840&q=75)
काठमाडौं। इङ्लिस प्रिमियर लिग (इपिएल) का क्लबहरूले भिडियो सहायक रेफ्री (भिएआर)को प्रयोगलाई अर्को सिजन पनि निरन्तरता दिने पक्षमा मतदान गरेका छन् ।
लिगको वार्षिक साधारण सभामा २० टोलीले गत सिजन विवादको शृङ्खलाको बावजुद भिएआर प्रयोग गर्ने निर्णय गरेका हुन्। वोल्भरह्याम्पटन वान्डरर्सले गत महिना भिएआरको प्रयोगबारे मतदान गर्न प्रस्ताव पेश गरेको थियो ।
सन् २०१९–२० सिजनदेखि नै प्रिमियर लिगमा भिएआरको प्रयोग हुँदै आएको छ ।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)