माउरिन्होको वार्षिक तलब एक करोड १४ लाख डलर !
1717647778.jpg&w=3840&q=75)
काठमाडौं। टर्किए क्लब फेनेरबाचेले नयाँ प्रशिक्षक जोसे माउरिन्होले वार्षिक एक करोड ५० लाख युरो (एक करोड १४ लाख अमेरिकी डलर) तलब दिने भएको छ।
माउरिन्होलाई आफ्नो रंगशालामा हजारौं समर्थकसमक्ष प्रस्तुत गरेको तीन दिनपछि फेनेरबाचेले बुधबार बजारलाई उक्त जानकारी दिएको हो।
माउरिन्होले दुई वर्षे सम्झौता गरेका छन्। सम्झौतामा कुनै पनि बोनस दिने कुरा उल्लेख गरिएको छैन। सन् २०१४ यता फेनरबाचेले लिग जित्न सकेको छैन। माउरिन्हो भित्रिएसँगै क्लबले लिग जित्ने आश गरेको छ। गत महिना चिरप्रतिद्वन्द्वी गलातासारेले फेनरबाचेलाई पराजित गर्दै लिग जितेको थियो।
सन् २००४ मा च्याम्पियन्स लिग जितेपछि पोर्टो छाडेर चेल्सीमा आबद्ध भएपछि माउरिन्होले शीर्ष पाँच युरोपियन लिगभन्दा बाहिर काम गरेका छैनन् । त्यसयता उनले इन्टर मिलान, रियल म्याड्रिड, म्यानचेस्टर युनाइटेड र टोटनह्यामलाई प्रशिक्षण दिएका छन् ।
यसैबीच, इस्तानबुलस्थित अर्को क्लब बेसिक्टासले जियोभान्नी भान वान ब्रोन्कोर्स्ट मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। नेदरल्यान्ड्सका प्रशिक्षकले अर्को सिजन लम्ब्याउने विकल्पसहित दुई वर्षको सम्झौता गरेका हुन्।
ब्रोन्कोर्स्टले पछिल्लो पटक रेन्जर्सलाई प्रशिक्षण दिएका थिएका थिए। उनले स्कटल्यान्डको टोलीलाई २०२१-२२ सिजनमा युरोपा लिगको फाइनलमा पुर् याएको थियो।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)