एमबाप्पे चम्किएपछि फ्रान्सको जितमा
बिहिबार, २४ जेठ २०८१खेलपाटी संवाददाता

काठमाडौं। केलियन एमबाप्पेको चम्किएसँगै फ्रान्सले मैत्रीपूर्ण खेलमा लक्जमबर्गमाथि सहज जित हासिल गरेको छ।
स्टेड सेन्ट सिम्फोरियनमा बुधबार राति सम्पन्न खेलमा फ्रान्स ३-० गोल अन्तरले विजयी भएको हो। खेलको ४३औं मिनेटमै कोलो मुआनीले गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाएका थिए।
६०औं मिनेटमा जोनाथन क्लाउसले गोल गर्दै अग्रता दोब्बर बनाए। दुवै गोलमा एमबाप्पेले एसिस्ट गरेका हुन्। ८५औं मिनेटमा ब्राडली बारकोलाको पासमा एमबाप्पले गोल गर्दै फ्रान्सलाई ३-० को जित दिलाए।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)