स्पेनको जितमा माइकलको ह्याट्रिक
बिहिबार, २४ जेठ २०८१खेलपाटी संवाददाता

काठमाडौं। माइकल ओयारजाबको ह्याट्रिकसँगै स्पेनले मैत्रीपूर्ण खेलमा अन्डोरालाई पराजित गरेको छ।
बुधबार राति सम्पन्न खेलमा स्पेन ५-० गोल अन्तरले विजयी भएको हो।
खेलको पहिलो हाफमा अयोज पेरेजले गोल गरेका थिए। २४औं मिनेटमा पाउ केयुबार्सीले दिएको पासलाई उनले सदुपयोग गरे।
५३, ६६ र ७३औं मिनेटमा माइकलले गोल गर्दै ह्यट्रिक पूरा गरे। ८१औं मिनेटमा फर्मिन लोपेजको पासमा फेरान टोरेसले गोल गर्दै स्पेनलाई फराकिलो जित दिलाए।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)