डी ब्रुएना अर्को वर्ष साउदी जाने
बुधबार, २३ जेठ २०८१खेलपाटी संवाददाता
1717571096.jpg&w=3840&q=75)
काठमाडौं। म्यानचेस्टर सिटीका प्लेमेकर केभिन डी ब्रुएना अर्को वर्ष फ्रि एजेन्टको रुपमा साउदी अरब जाने भएका छन्।
बेल्जियमका ३४ वर्षीय स्टार स्ट्राइकरले इंग्लिस प्रिमियर लिग लिग क्लबमा १० सिजन पूरा गरेका छन्।
'मेरो उमेरमा तपाईं सबै कुराको लागि खुला हुनुपर्छ,' डी ब्रुएनाले भने। करिब १८ महिनाअघि क्रिस्टियानो रोनाल्डो साउदी अरब पुगेका थिए। साउदी लिग क्लबहरूले शीर्ष खेलाडीहरूलाई आकर्षित गर्न करोडौं डलर खर्च गरिरहेको छ।
करिम बेन्जेमा र नेयमारपनि रोनाल्डोलाई पछ्याउँदै साउदी पुगेका थिए। तर, लियोनल मेसी र केलियन एमबाप्पेले गत वर्ष साउदी क्लबको प्रस्ताव अस्वीकार गरे।
सिटीमा रहँदा डी ब्रुएना अहिलेसम्म ६ वटा प्रिमियर लिग उपाधि जितिसकेका छन्। यद्यपि, उनले विगत एक दशकमा बेल्जियमको स्वर्णिम पुस्ताको हिस्सा भए तापनि कुनै पनि प्रतियोगिताको उपाधि जित्न सकेनन्।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)