पोर्चुगलको जितमा ब्रुनोको २ गोल
बुधबार, २३ जेठ २०८१खेलपाटी संवाददाता
1717553784.jpg&w=3840&q=75)
काठमाडौं। ब्रुनो फर्नान्डिको दुई गोलसँगै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलले फिनल्यान्डलाई पराजित गरेको छ।
मंगलबार राति सम्पन्न खेलमा पोर्चुगल ४-२ गोलअन्तरले विजयी भएको हो।
पहिलो हाफको १६ मिनेटमा रुबेन डायस र इन्ज्युरी समयको चौथो मिनेटमा डियागो पेनाल्टीमार्फत गोल गर्दै पोर्चुगललाई २-० को अग्रता दिलाए।
५६औं मिनेटमा ब्रुनोले गोल गरे। ७२ र ७६औं मिनेटमा तिमु पुक्कीले गोल गर्दै फिन्डल्यान्डलाई ३-२ को स्थितिमा ल्याए।
तर, ८४औं मिनेटमा ब्रुनोले व्यक्तिगत दोस्रो र टोलीका लागि चौथो गोल गर्दै पोर्चुगललाई जित दिलाए।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)