सोमपालले खाता खोल्न सकेनन्
मंगलबार, २२ जेठ २०८१खेलपाटी संवाददाता

काठमाडौं। आइसिसी ट्वान्टी–२० विश्वकपअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गरिरहेको नेपालले छैटौं विकेट गुमाएको छ।
अमेरिकाको डालासस्थित ग्रान्ड प्राइरी स्टेडियममा नेदरल्यान्ड्सका कप्तान स्कट एड्वार्डसले टस जितेर फिल्डिङ रोजेका थिए।
नेपालका ओपनरद्वय आसिफ शेख ४ र कुशल भुर्तेल ७ रनमा आउट भए। अनिल साह १३, कुशल मल्ल ९ र दीपेन्द्रसिंह ऐरी एक रनमा आउट भए।
सोमपाल कामीले भने खाता खोल्न सकेनन्।









