गुरबाजको अर्धशतकमा युगान्डालाई १८४ रनको लक्ष्य
मंगलबार, २२ जेठ २०८१खेलपाटी संवाददाता

काठमाडौं। रहमानउल्लाह गुरबाजको अर्धशतकप्रेरित अगानिस्तानले आइसिसी ट्वान्टी–२० विश्वकपमा युगान्डालाई १८४ रनको लक्ष्य दिएको छ।
प्रोभिडेन्स स्टेडियम, गुयानामा टस हारेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १८३ रन बनाएको हो।
गुरबाजले सर्वाधिक ७६ रन बनाए। ४५ बल खेलेका उनले चार चौका र चार छक्का प्रहार गरे।
इब्राहिम जाद्रानले ४६ बलमा नवौ चौका र एक छक्का प्रहार गरे। मोहम्मद नबी १४ र कप्तान राशिद खान २ रनमा अविजित रहे। युगान्डाका ब्रायन मसाबा र कोस्मास क्याभुटाले समान दुई विकेट लिए। मुनर इस्माइलको नाममा एक विकेट रह्यो।









