रुबेनले कसिलो बलिङ गरेसँगै ओमान १०९ रनमै अलआउट
सोमबार, २१ जेठ २०८१खेलपाटी संवाददाता

काठमाडौं। रुबेन ट्रम्पलम्यानको कसिलो बलिङ गरेसँगै ओमानले आइसिसी ट्वान्टी-२० विश्वकपमा नामिबियालाई ११० रनको लक्ष्य दिएको छ।
टस हारेर पहिला ब्याटिङ थालेको ओमानले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १०९ रन बनाएको हो।
ओमानका खालिद केलले सर्वाधिक ३४ रन बनाए। ३९ बल खेलेका उनले एक चौका र एक छक्का प्रहार गरे। जिशान मक्सदू २२ र अयान खानले १५ रन बनाउँदा अन्यले भने राम्रो प्रदर्शन गर्न सकेनन्।
नामिबियाका रुबेन ट्रम्पलम्यानले सर्वाधिक चार विकेट लिए। चार ओभर बलिङ गरेका उनले २१ रन खर्चिए। डेविड विसले तीन, एरार्ड इरास्मसले दुई र बर्नार्ड स्कोल्ट्जले एक विकेट लिए।









