साउदी पुग्यो नेपाली टोली

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोली साउदी अरबको दमाम पुगेको छ। विश्वकप छनोट तथा एएफसी एसियन कप संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको अन्तिम दुई खेल खेल्न नेपाली टोली त्यहाँ पुगेको हो।
दमाम पुगेको नेपाली टोलीलाई दूतावासका प्रतिनिधी नारायण पासवान र त्यहाँ बस्ने नेपाली समाजले स्वागत गरेका थिए। नेपालले युएईविरुद्धको ‘होम म्याच’ ६ जुनमा दमाममा खेल्दैछ।
युएईसँगको खेल त्रिपुरेश्वस्थित दशरथ रंगशालामा हुने तय थियो। तर, एएफसी (एसियाली फुटबल महासंघ) ले दशरथ रंगशाला खेल सञ्चालन गर्न अयोग्य ठहर गरेपछि नेपालले युएईविरुद्धको ‘होम म्याच’ ६ जुनमा दमाममा खेल्ने तय भएको हो।
छनोटको अन्तिम प्रतिस्पर्धाको रुपमा यमनविरुद्ध ११ जुनको ‘अवे म्याच’ पनि साउदीमै हुँदैछ। मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले यी दुई प्रतियोगिताका लागि आइतबार नै २३ सदस्सीय टोली घोषणा गरिसकेका छन्।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)