शीर्षस्थानमा बागमतीको दबदबा
आइतबार, २० जेठ २०८१खेलपाटी संवाददाता

काठमाडौं। शीर्षस्थानमा रहेको बागमती युथ क्लबले सहिद स्मारक सी डिभिजन लिगमा दबदबा कायम राखेकाे छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न खेलमा स्पोर्ट्स एकेडेमी साँगालाई २-० गोल अन्तरले पराजित गर्दै बागमतीले थप तीन अंक जोडेको हो।
योसँगै बागमती दोस्रो स्थानमा रहेको आरसी ३२ भन्दा तीन अंकले अघि रहेको छ। ११ खेल खेलेको बागमतीको २६ र समान खेल खेलेको आरसी ३२ को २३ अंक रहेको छ।
११ खेल नै खेलेको साँग भने १५ अंकसहित सातौं स्थानमा रहेको छ। बागमतीलाई जित दिलाउन राज भूसालले १५ र २४औं मिनेटमा गोल गरेका थिए।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)