युएई र यमनसँग खेल्ने नेपाली टोलीको बिदाइ
1717331650.jpg&w=3840&q=75)
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्वकप छनोट दोस्रो चरणअन्तर्गत युएई र यमनसँग हुने खेल खेल्नका लागि साउदी अरब जान लागेको टोलीको बिदाइ गरेको छ। एन्फाले आइतबार टोलीको बिदाइ गरेको हो। नेपालले युएईविरुद्धको ‘होम म्याच’ ६ जुनमा साउदी अरेबियाको दमाममा खेल्दैछ ।
युएईसँगको खेल भने त्रिपुरेश्वस्थित दशरथ रंगशालामा हुने तय थियो । एएफसी (एसियाली फुटबल महासंघ) ले दशरथ रंगशाला विश्वकप छनोटका खेल सञ्चालन गर्न अयोग्य ठहर गरेपछि नेपालले युएईविरुद्धको ‘होम म्याच’ ६ जुनमा साउदी अरबको दमाममा खेल्ने तय भएको हो।
छनोटको अन्तिम प्रतिस्पर्धाको रुपमा यमनविरुद्ध ११ जुनको ‘अवे म्याच’ पनि साउदीमै हुँदैछ । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले यी दुई प्रतियोगिताका लागि आइतबार नै २३ सदस्सीय टोली घोषणा गरिसकेका छन्।
नेपाली टोली
गोलकिपरः किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार,
रक्षकः अनन्त तामाङ, अभिषेक लिम्बु, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, सौभाग्य राई
मिडफिल्डरः भरत खवास, लकेन लिम्बु, मनिष डाँगी, बसन्त जिम्बा, सुमित श्रेष्ठ, मणिकुमार लामा, आशिष राई
फरवार्डः जिलेस्पेजंग कार्की, हिसुब थपलिया, आशिकबाबु चौधरी, सञ्जीव विष्ट, आयुश घलान






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)