माउरिन्हो टर्की क्लबको प्रशिक्षक बन्ने

काठमाडौं। दुई पटकको च्याम्पियन्स लिग विजेता जोसे माउरिन्हो टर्की क्लब फेनरबाचेको प्रशिक्षक बन्ने भएका छन्।
पोर्टो र इन्टर मिलानबाट च्याम्पियन्स लिग जितेका पोर्चुगिज प्रशिक्षकलाई इटालियन सिरी ‘ए’ क्लब रोमाले गत जनवरीमा बर्खास्त गरेको थियो।
त्यसयता उनले कुनै टोलीसँग काम गरेका छैनन्। उनले चेल्सी, म्यानचेस्टर युनाइटेड, टोटनह्याम र रियल मड्रिडलाई पनि प्रशिक्षण दिइसकेका छन्।
माउरिन्होले आफ्नो नयाँ क्लबको एक्स अकाउन्टमा लेखेका छन्, ‘गुड इभिनिङ फेनरबाचेका फ्यानहरू भोलि काडिकोय (इस्तानबुल उपनगर, जहाँ क्लब छ) मा भेटौं र हामीसँगै हाम्रो यात्रा सुरु गरौं।’
टर्कीको एनटिभी टेलिभिजन स्टेसनका अनुसार ६१ वर्षीय माउरिन्होको नियुक्तिलाई आइतबार आधिकारिक घोषणा गरिने छ। माउरिन्होले इस्तानबुलका तीन ठूला टोलीमध्ये एक फेनरबाचेसँग दुई वर्षका लागि सम्झौतामा हस्ताक्षर गर्नेछन्।
माउरिन्होलाई रोमाले साढे दुई वर्षपछि जनवरीमा बर्खास्त गरेको थियो भने त्यतिबेला क्लब नवौं स्थानमा थियो। उनले रोमालाई सन् २०२२ मा युरोपा कन्फरेन्स लिगको उपाधि दिलाएका थिए र गत सिजनको युरोपा लिगको फाइनलमा पुर्याएका थिए।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)