अमेरिकासँग वामअर्प म्याच खेल्दै नेपाल
बिहिबार, १७ जेठ २०८१खेलपाटी संवाददाता

काठमाडौँ। आईसीसी टी–२० विश्वकप खेल्न अमेरिका पुगेको नेपालले बिहीबार घरेलु टोलीसँग वामअर्प म्याच खेल्ने भएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको आधिकारिक तालिका अनुसार नेपालले एसोसिएट राष्ट्रहरू अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने तय थियो।
सोही तालिका अनुसार नेपालले पहिलो वामअर्प म्याच क्यानडासँग खेल्न थियो। उक्त म्याचमा नेपाल ६३ रनले पराजित भएको थियो।
ग्रान्ड प्रेरी क्रिकेट रंगशाला, टेक्सासमा हुने यो खेल नेपाली समयअनुसार राति ९:१५ बजेबाट शुरू हुने छ।









