वाइआरसीसीसँग एलिट पराजित
विराटनगर। वाइआरसीसी विराट ब्लास्टर्सल प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामा दोस्रो जित हासिल गरेको छ। बुधबार सम्पन्न खेलमा वाइआरसीसीले एलिट क्रिकेट क्बललाई १३० रनले पराजित गरेको हो ।
वाइआरसीसीले निर्धारित १० ओभरमा ४ विकेट गुमाउँदै १८० रन बनाएको हो । जितमा लोकेस बम र देव खनालले आक्रमक ब्याटिङ गरे । उनले २० बलमा अर्धसतक पूरा गर्दै ५६ रनको योगदान दिए । उनले ६ छक्का र ४ चौका प्रहार गरे । देब खनालले १९ बलमा अर्धसतक पूरा गर्दै ५२ रन बनाए । देवले ७ छक्का र १ चौका हिर्काए । विवेक यादवले अविजित ५ बलमा २० रन र राशिद खानले ५ बलमा अविजित १८ रनको योगदान दिए ।
एलिटका मोहितले २ विकेट र सलन कामतले १ विकेट लिए । वाइआरसीसीले दिएको १८१ रनको लक्ष्य पछ्याएको एलिटले ९.२ ओभरमा सबै विकेट गुमाई ५० रनमा सिमित भयो । वाइआरसीसीका बलर तारिक जमिलले गरेको घातक बलिङ सामु एलिटका कुनै पनि ब्याटरले दोहोरो अंक जोडन सकेनन् । अभिषेक पलले ८ बलमा ९ रन, दिपक बोहोराले ४ रन बनाए ।
वाइआरसीसीका घातक बलिङ गर्ने तारिक जमिलले २ ओभरमा १० रन खर्चेर ५ विकेट लिए । उनी खेलको प्लेर अफ द म्याच घोषित भए । त्यसैगरी बिपिन खत्री र इमरन नजिरले समान २–२ विकेट लिए ।
बाँसको खम्बामा अस्थायी फलड्लाईटको माध्यमबाट सुरु भएको दिवा रात्रीकालीन प्रतियोगिता लिकको आधरमा भइरहेको छ ।









