नेपाल र युएईको खेल साउदीमा हुने
मंगलबार, १५ जेठ २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाल र युएईबीचको दोस्रो राउण्डको विश्वकप छनोटको खेल साउदी अरबमा हुने भएको छ।
यी दुईबीचको खेल जुन ६ मा दशरथ रंगशालामा हुने तय थियो। तर, एसियाली फुटबल महासघंले दशरथ रंगशालाको मैदानको अवस्था, फ्लडलाइट र समग्र सुरक्षालगायत थुप्रै कुरामा प्रश्न उठाएपछि खेल साउदीमा सारिएको हो।
अखिल नेपाल फुटबल संघ (एन्फा)का खेल स्थानीय समय अनुसार साँझ ७ बजे दमामको प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा हुनेछ ।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)