उपाधि जित्न कोलकातालाई ११४ रनको लक्ष्य
आइतबार, १३ जेठ २०८१खेलपाटी संवाददाता

काठमाडौँ। सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) मा उपाधि जित्न कोलकाता नाइट राइडर्सलाई ११४ रनको लक्ष्य दिएको छ।
चेन्नईमा टस जितेर पहिला ब्याटिङ थालेको हैदरावादले १८.३ ओभरमा सबै विकेट गुमाउँदै ११३ रन बनाएको हो।
हैदरावादका कप्तान प्याट कमिन्सले सर्वाधिक २४ रन बनाए। १९ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे।
एडन मारक्रम २०, हाइनरिक क्लासन १६ र नितीशकुमार रेड्डी १३ रनमा आउट भए। आन्द्रे रसेलले सर्वाधिक ३ विकेट लिए। २.३ ओभर बलिङ गरेका उनले १९ रन खर्चिए।
मिचल स्टार्क र हर्षित राणाले २/२ विकेट लिए। यस्तै, वैभव अरोडा, सुनील नारायण र वरुण चक्रवर्तीको नाममा १/१ विकेट लिए।









