फाइनलमा पुग्न राजस्थानलाई १७६ रनको लक्ष्य
शुक्रबार, ११ जेठ २०८१खेलपाटी संवाददाता

काठमाडौँ। हाइनरिक क्लासनको अर्धशतक प्रेरित सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा पुग्न राजस्थान रोयल्सलाई १७६ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिला ब्याटिङ थालेको हैदरावादले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७५ रन बनाएको हो।
क्लासनले सर्वाधिक ५० रन बनाए। ३४ बल खेलेका उनले ४ चौका प्रहार गरे। राहुल त्रिपाठी ३७, ट्रैविस हेड ३४, शाहबाज अहमद १८ र अभिषेक शर्मा १२ रनमा आउट हुँदा प्याट कमिन्स ५ रनमा अविजित रहे।
राजस्थानका ट्रेन्ट बोल्ड र आवेश खानले ३/३ विकेट लिए।
सन्दीप शर्माको नाममा २ विकेट रह्यो।









