राजस्थानलाई १७३ रनको लक्ष्य
बुधबार, ०९ जेठ २०८१खेलपाटी संवाददाता

काठमाडौँ। रोयल च्यालेन्जर्स बेंग्लोरले इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सलाई १७३ रनको लक्ष्य दिएको छ।
अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको बेंग्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७२ रन बनाएको हो।
बेंग्लोरका रजत पाटीदारले सर्वाधिक ३४ रन बनाए। २२ बल खेलेका उनले २ चौका र २ छक्का प्रहार गरे। विराट कोहली ३३, महिपाल लोमरोर ३२, क्यारुन ग्रिन २७ र फाफ डुप्लेसी १७ रनमा आउट हुँदा स्वप्रिल सिंह ९ रनमा अविजित रहे।
राजस्थानका आवेश खानले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले ४४ रन खर्चिए। रविचन्द्र आश्विनले २ विकेट लिँदा ट्रेन्ट बोल्ड, सन्दीप शर्मा र युजवेन्द्र चहलको नाममा १/१ विकेट रह्यो।









