चेन्नईले गुमायो दोस्रो विकेट
शनिबार, ०५ जेठ २०८१खेलपाटी संवाददाता

काठमाडौँ। चेन्नई सुपर किंग्सले दोस्रो विकेट गुमाएको छ।
रोयल च्यालेन्जर्स बेंग्लोरले दिएको २१९ रनको लक्ष्य पछयाउने क्रममा चेन्नईले दोस्रो विकेटका रूपमा डेरिल मिचेललाई गुमाएको हो।
उनले ६ बलमा ४ रन बनाए। यश दयालको बललाई साइड इन ड्राइभ गर्ने प्रयास गर्दा उनी विराट कोहलीबाट क्याच आउट भएका हुन्।
त्यसअघि ग्लेन म्याक्सवेलको बललाई पुल गर्ने प्रयास गर्दा कप्तान ऋतुराज गायकवाड पहिलो बलमै फाइन लेगमा यश दयालबाट क्याच आउट भएका थिए।









