पहिलो बलमै ऋतुराज क्याच आउट
शनिबार, ०५ जेठ २०८१खेलपाटी संवाददाता

काठमाडौँ। चेन्नई सुपर किंग्सका कप्तान ऋतुराज गायकवाड पहिलो बलमै आउट भएका छन्।
रोयल च्यालेन्जर्स बेंग्लोरले दिएको २१९ रनको लक्ष्य पछयाउने क्रममा उनले पहिलो ओभरको पहिलो बलमा नै विकेट गुमाएका हुन्।
ग्लेन म्याक्सवेलको बललाई पुल गर्ने प्रयास गर्दा उनी फाइन लेगमा यश दयालबाट क्याच आउट भएका हुन्।









