प्लेअफमा पुग्न चेन्नईलाई २१९ रनको लक्ष्य

काठमाडौँ। रोयल च्यालेन्जर्स बेंग्लोरले इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुग्न चेन्नई सुपर किंग्सलाई २१९ रनको लक्ष्य दिएको छ।
एम चिन्नास्वामी स्टेडियम टस हारेर पहिला ब्याटिङ थालेको बेंग्लोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २१८ रन बनाएको हो। चेन्नईले २०१ रन बनायो भनेपनि बेंग्लोर प्लेअफ दौडबाट बाहिरिने छ।
राम्रो रनरेट र अधिक अंक (१३ अंक र ०.५२८ नेटरनरेट) का कारण चौथो स्थानमा रहेको चेन्नईको प्लेअफमा पुग्ने सम्भावना बलियो छ।
छैटौँ स्थानमा रहेको बेंग्लोरको १२ अंक छ र नेटरनरेट ०.३८७ रहेको छ। त्यस्तै, बेंग्लोरले कम्तिमा १८ रनले जित हासिल गर्नुपर्ने हुन्छ।
बेंग्लोरका कप्तान फाफ डुप्लेसीले सर्वाधिक ५४ रन बनाए। ३९ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे।
ओपनर विराट कोहली ४७, रजन पाटीदार ४१, ग्लेन म्याक्सेवल १६ र दिनेश कार्तिक १४ रनमा आउट हुँदा क्यामरुन ग्रिन ३८ रनमा अविजित रहे।
चेन्नघका शार्दुल ठाकुरले सर्वाधिक २ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले ६१ रन खर्चिए। तुषार देशपाण्डे र मिचेल स्यान्टेनरल १/१ विकेट लिए।









