चेन्नईलाई १४२ रनको लक्ष्य
आइतबार, ३० बैशाख २०८१खेलपाटी संवाददाता

काठमाडौँ। राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किंग्सलाई १४२ रनको लक्ष्य दिएको छ।
टस जितेर पहिला ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४१ रन बनाएको हो।
राजस्थानका रियान परागले अविजित रहँदै सर्वाधिक ४७ रन बनाए। ३५ बल खेलेका उनले १ चौका र ३ छक्का प्रहार गरे।
ध्रुव जुरेल २८, यशस्वी जायसवाल २४, जोस बटलर २१ र सञ्जु सामसन १५ रनमा आउट भए।
चेन्नईका सिमरजीत सिंहले सर्वाधिक ३ विके लिए। ४ ओभर बलिङ गरेका उनले २६ रन खर्चिए। यस्तै, तुषार देशपाण्डेले २ विकेट लिए।









