पञ्जाबलाई २४२ रनको लक्ष्य
बिहिबार, २७ बैशाख २०८१खेलपाटी संवाददाता

काठमाडौँ। रोयल च्यालेन्जर्स बेंग्लुरुले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाब किंग्सलाई २४२ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिला ब्याटिङ थालेको बेंग्लुरुले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २४१ रन बनाएको हो।
बेंग्लुरुका ओपनर विराट कोहलीले सर्वाधिक ९२ रन बनाए। ४७ बल खेलेका उनले ७ चौका र ६ छक्का प्रहार गरे।
रजट पाटीदार ५५, क्यामरुन ग्रिन ४६, दीनेश कार्तिक १८ रनमा आउट हुँदा स्वप्रिल सिंह १ रनमा अविजित रहे।
पञ्जाबका हर्षल पटेलले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले ३८ रन खर्चिए। विधवत कावेरप्पाले २ विकेट लिँदा अर्शदीप सिंह र साम करनको नाममा १/१ विकेट रह्यो।









