हैदराबादलाई १६६ रनको लक्ष्य
बुधबार, २६ बैशाख २०८१खेलपाटी संवाददाता

काठमाडौँ। लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदराबादलाई १६६ रनको लक्ष्य दिएको छ।
राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको लखनउले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६५ रन बनाएको हो।
लखनउका आयुष बदोनीले अविजित रहँदै सर्वाधिक ५५ रन बनाए। ३० बल खेलेका उनले ९ चौका प्रहार गरे।
कप्तान केएल राहुल २९ र क्रुणाल पाण्ड्या २४ रनमा आउट हुँदा निकोलस पूरन ४५ रनमा अविजित रहे।
हैदराबादका भुवनेश्वर कुमारले सर्वाधिक २ विकेट लिए। प्याट कमिन्सको नाममा १ विकेट रह्यो।









