पाथिरानाले आईपीएलका बाँकी खेल गुमाउने
सोमबार, २४ बैशाख २०८१खेलपाटी संवाददाता

काठमाडौँ। चेन्नई सुपर किंग्सका तीव्रगतिका बलर मथिशा पाथिरानाको इन्डियन प्रिमियर लिग (आईपीएल)का बाँकी खेल गुमाउने भएका छन्।
ह्यामस्ट्रिङको चोटबाट गुज्रिरहेका उनले बाँकी खेल गुमाउने भएका हुन्। उनी चोटबाट निको हुन श्रीलंका फर्किएका छन्।
पञ्जाब किंग्सविरुद्धको घरेलु खेल गुमाएपछि पाथिरानाले धर्मशालामा भएको रिभर्स खेल पनि खेलेनन्। पाथिरानाले आईपीएलमा ७.६८ को इकोनोमीमा रन दिँदै १३ विकेट लिएका छन्।
श्रीलंका–बंगलादेशविरुद्धको शृंखलामा ह्यामस्ट्रिङमा चोट बोकेका पाथिरानाले चेन्नईको पहिलो खेलमा पनि खेल्न सकेका थिएनन्।
पाथिराना स्वदेश फर्किएपछि इङ्ल्यान्डका रिचर्ड ग्लेसन मात्र चेन्नईको क्याम्पमा बाँकी रहेका विदेशी तीव्रगतिका बलर हुन्। मुस्ताफिजुर रहमान पनि जिम्बावेविरुद्धको शृंखला खेल्न बंगलादेश फर्किएका छन् ।









