अर्धशतक पूरा गरेर पेभिलियन फर्किए आशिफ
शनिबार, २२ बैशाख २०८१खेलपाटी संवाददाता

काठमाडौँ। नेपाली टोलीका ओपनर आशिफ शेखले वेस्ट इन्डिज ‘ए’ विरुद्ध अर्धशतक पूरा गरेर पेभिलियन फर्किएका छन्।
उनले ३२ बलमा अर्धशतक पूरा गरेका थिए। अर्धशतक पूरा गर्नेक्रममा उनले २ चौका र ५ छक्का प्रहार गरे। तर, त्यसपछि ३ बल खेलेका उनले १ रन थपे। उनी आबेद म्याकोइको बलमा म्यथ्यू फोर्डेबाट क्याच आउट भएका हुन्।









