‘पावर हिटर’ कुशलको चार खेलमा ४० रन
बिहिबार, २० बैशाख २०८१खेलपाटी संवाददाता

काठमाडौँ। ‘पावर हिटर’ कुशल मल्ल वेस्ट इन्डिज ‘ए’ विरुद्धको चारवटै खेलमा ‘फ्लप’ भएका छन्।
पहिलो खेलमा उनले १५ बलमा १ चौका र १ छक्कासहित १६ रन बनाएका थिए। उक्त खेलमा उनी जोनसन चार्ल्स र फ्लेचरबाट रन आउट भएका थिए।
दोस्रो खेलमा भने उनले खाता खोल्न सकेनन्। एक बल खेलेका उनी विकेटकिपर आन्द्रे फ्लेचर र केसी कार्थीबाट रन आउट भएका थिए।
तेस्रो खेलमा भने ११ बलमा २ चौका र र १ छक्का प्रहार गर्दै २० रन बनाएर उनी पेभिलियन फर्किए। हेडेन वाल्शको बलमा उनी जोशुआ बिशपबाट क्याच आउट भए।
चौथो खेलमा भने उनी ४ रन बनाएर पेभिलियन फर्किए। १० बल खेलेका उनी एलिक एथेनाजेको बलमा कप्तान रोस्टन चेजबाट क्याच आउट भए।
४ इनिङ्स खेलेका उनले १० को औसत र १२९.०३ को स्ट्राइक रेटमा मात्र ४० रन मात्रै बनाउन सके।









