भुर्तेलले लिए तेस्रो विकेट
बिहिबार, २० बैशाख २०८१खेलपाटी संवाददाता

काठमाडौँ। कुशल भुर्तेलले वेस्ट इन्डिज ‘ए’ तेस्रो विकेट लिएका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरिरहेको वेस्ट इन्डिज ‘ए’ का केसी क्यार्थीको विकेट लिएका हुन्।
१० बलमा ४ रन बनाएका उनलाई भुर्तेलले कप्तान रोहितकुमार पौडेलबाट क्याच आउट गराए। जारी खेलमा उनको यो दोस्रो विकेट हो।
यसअघि उनले ओपनर जोनसन चार्ल्सको उनले विकेट लिएका थिए। जोनसनले ३० बलमा ३ चौका र ६ छक्कासहित ५८ रन प्रहार गरे। उनलाई भुर्तेलले दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट गराएका हुन्।
त्यसअघि प्रतिश जीसीले एलिक एथेनाजे विकेटको लिएका थिए। ७ बल खेलेका एथेनाजे १ चौकासहित ५ रन बनाएका थिए। उनी सन्दीप जोराबाट क्याच आउट भएका हुन्।









