चेन्नईले पञ्जाबलाई दियो १६३ रनको लक्ष्य
बुधबार, १९ बैशाख २०८१खेलपाटी संवाददाता

काठमाडौँ। कप्तान ऋतुराज गायकवाडको अर्धशतकसँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाब किंग्सलाई १६३ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६२ रन बनाएको हो। चेन्नईका कप्तान ऋतुराजले सर्वाधिक ६२ रन बनाए। ४८ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे।
अजिंक्य रहाणे २९, समीर रिजवी २१, मोइन अली १५ र महेन्द्रसिंह धोनी १४ रनमा आउट हुँदा डेरिल मिचेल १ रनमा अविजित रहे।









