३ इनिङ्समा ‘पावर हिटर’ कुशलको ३६ रन
बुधबार, १९ बैशाख २०८१खेलपाटी संवाददाता

काठमाडौँ। ‘पावर हिटर’ कुशल मल्ल वेस्ट इन्डिज ‘ए’ विरुद्धको तीन वटै खेलमा ‘फ्लप’ भएका छन्।
पहिलो खेलमा उनले १५ बलमा १ चौका र १ छक्कासहित १६ रन बनाएका थिए। उक्त खेलमा उनी जोनसन चार्ल्स र फ्लेचरबाट रन आउट भएका थिए।
दोस्रो खेलमा भने उनले खाता खोल्न सकेनन्। एक बल खेलेका उनी विकेटकिपर आन्द्रे फ्लेचर र केसी कार्थीबाट रन आउट भएका थिए।
तेस्रो खेलमा भने ११ बलमा २ चौका र र १ छक्का प्रहार गर्दै २० रन बनाएर उनी पेभिलियन फर्किए। हेडेन वाल्शको बलमा उनी जोशुआ बिशपबाट क्याच आउट भए।
३ इनिङ्स खेलेका उनले १२ को औसत र १३३.३३ को स्ट्राइक रेटमा मात्र ३६ रन मात्रै बनाउन सके।









