लखनउलाई १४५ रनको लक्ष्य
मंगलबार, १८ बैशाख २०८१खेलपाटी संवाददाता

काठमाडौँ। मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनउ सुपर जायन्ट्सलाई १४५ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिला ब्याटिङ थालेको मुम्मईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४४ रन बनाएको हो।
मुम्बईका नेहाल वढेराले सर्वाधिक ४६ रन बनाए। ४१ बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे।
इशान किशन ३२ रनमा आउट हुँदा टिम डेभिडले अविजित रहँदै ३५ रन बनाए। अन्यले भने राम्रो प्रदर्शन गर्न सकेनन्।
लखनउका मोहसिन खानले सर्वाधिक २ विकेट लिए। मार्कस स्टोयनिस, नवीन उल हक, मयंक यादव र रवि बिश्वोईको नाममा १/१ विकेट रह्यो।









