कोलकातालाई १५४ रनको लक्ष्य
सोमबार, १७ बैशाख २०८१खेलपाटी संवाददाता

काठमाडौँ। ब्याटिङ लाइनअप चल्न नसकेपछि दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सलाई १५४ रनको लक्ष्य दिएको छ।
इडन गार्डेनमा टस जितेर पहिला ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५३ रन बनाएको हो।
दिल्लीका कप्तान ऋषभ पन्तले २७ रन बनाए। २० बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे। अभिषेक पोरेल १८, अक्षर पटेल १५, पृथ्वी शा १३, जेक फ्रेजर मक्गर्क १२ रनमा आउट हुँदा कुलदीप यादव ३४ रनमा अविजित रहे।
कोलकाताका वरुण चक्रवर्तीले सर्वाधिक ३ विकेट लिए। वैभव अरोडा हर्षित राणाले २/२ विकेट लिँदा मिचेल स्टार्क र सुनील नारायणको नाममा १/१ विकेट रह्यो।









