गायकवाडको आक्रामक ब्याटिङमा हैदरावादलाई २१३ रनको लक्ष्य
आइतबार, १६ बैशाख २०८१खेलपाटी संवाददाता

काठमाडौँ। कप्तान ऋतुराज गायकवाडको आक्रामक ब्याटिङसँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादलाई २१३ रनको लक्ष्य दिएको छ।
एम ए चिदंबरम स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २१२ रन बनाएको हो।
चेन्नईका गायकवाडले सर्वाधिक ९८ रन बनाए। ५४ बल खेलेका उनले १० चौका र ३ छक्का प्रहार गरे। डैरियल मिचेल ५२ र अजिंक्य रहाणे ९ रनमा आउट हुँदा शिवम दुबे ३९ र महेन्द्रसिंह धोनी ५ रनमा अविजित रहे।
हैदरावादका भुवनेश्वर कुमार, थंगारसु नटराजन र जयदेव उनादकटले १/१ विकेट लिए।









