शून्य रनमै आउट भए मल्ल
आइतबार, १६ बैशाख २०८१खेलपाटी संवाददाता

काठमाडौँ। मध्यक्रमका कुशल मल्ल वेस्ट इन्डिज ‘ए’ विरुद्धको दोस्रो खेलमा खाता नै नखोली आउट भएका छन्।
पाँचौँ नम्बरमा ब्याटिङ गर्न आएका उनी विकेटकिपर आन्द्रे फ्लेचर र केसी कार्थीबाट रन आउट भएका हुन्।
पहिलो खेलमा उनले १५ बलमा १ चौका र १ छक्कासहित १६ रन बनाएका थिए। उक्त खेलमा पनि उनी जोनसन चार्ल्स र फ्लेचरबाट रन आउट भएका थिए।









