दोस्रो खेलमा पनि चल्न सकेनन् भुर्तेल
आइतबार, १६ बैशाख २०८१खेलपाटी संवाददाता

काठमाडौँ। नेपाली टोलीका ओपनर कुशल भुर्तेल वेस्ट इन्डिज ‘ए’ विरुद्धको दोस्रो खेलमा पनि फ्लप सावित भएका छन्।
उनी चौथो ओभरको चौथो बलमा ओबेद म्याक कोएको बलमा जोनसन चार्ल्सबाट २ रनमा क्याच आउट भएका हुन्।
२ रन बनाउन उनले ८ बल खेले। पहिलो खेलमा पनि उनी चल्न सकेका थिएनन्। १२ बल खेलेका उनले ३ चौकासहित १६ रन मात्रै बनाएका थिए।









