खुट्टामा समस्या देखिएपछि रिटायर्ड हर्ट भए लोकेश
आइतबार, १६ बैशाख २०८१खेलपाटी संवाददाता

काठमाडौँ। नेपाली टोलीका ओपनर लोकेशबहादुर बम रिटायर्ड हर्ट भएका छन्।
वेस्ट इन्डिज ‘ए’ विरुद्ध ब्याटिङ गरिरहेको बेला खुट्टामा समस्या देखिएपछि उनी रिटायर्ड हर्ट भएका हुन्।
उनी स्ट्रेचरमा मैदान बाहिर निस्किएका थिए। उनले १० बलमा १ चौका र २ छक्कासहित १७ रन बनाए।









